Kathmandu Press

रास्वपाकाे गर्जन– एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ

कुलमानलाई नहटाउन सरकारलाई खबदरदारी गर्दै उनले एउटा कुमाल लेखेटे हजारौं कुमालमान लिएर आउने चेतानवी दिए।
रास्वपाकाे गर्जन– एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारले कुलमानलाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमानसँग प्रतिशोध साँधेको बताए।

Hardik ivf

कुलमानलाई नहटाउन सरकारलाई खबदरदारी गर्दै उनले एउटा कुमाल लेखेटे हजारौं कुमालमान लिएर आउने चेतानवी दिए।

‘सरकारले कुलमान घिसिङ जस्तो कम्पनीलाई फाइदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरिरहेको छ, विभिन्न बहनामा आफ्ना कार्यक्रता भर्ति गर्न पाएन भनेर निष्काशन गरिरहेको छ,’ सांसद झाले भने, ‘विभिन्न परिपञ्चहरु सिर्जना गरिरहेको छ, त्यसैले सरकार हामी खबरदार भन्न चाहन्छौँ, एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमान ल्यानेछौँ।’

यस्तै, उनले उदयपुर सिमेन्ट कम्पनीबाट आजभन्दा ३ वर्ष अगाडि नै अवकाश प्राप्त गरेका १०३ जनाले आजसम्म पाउनुपर्ने भुक्तानी नपाएको विषय उठाएका छन्। 

श्रम ऐन २०७४ को दफा १४८ को उपदफा १ मा कसैले अवकाश प्राप्त गरेको वा रोजगारी अन्त्य भएको १५ दिनभित्र पारिश्रमिक, सुविधानलगायतको भुक्तानी गरिसक्नुपर्ने प्रावधान रहेको भएपनि सरकारले ती वर्षसम्म पाउनुपर्ने सेवा सुविधावापतको रकम नदिएको बताए। 

उदयपुर सिमेट कम्पनीबाट अवकाश पाएका १०३ जनामध्ये केहीको पैसाको अभावमा उपचार गर्न नसकेर मृत्यु भइसहेको र केही अझै अस्पतालमा रहेको बताए। 

उनीहरुले पाउनुपर्ने सेवासु्विधा तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउन सांसद झाले सरकारको ध्यानाकार्षण गराए। 

प्रकाशित मिति: १४:२० बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्