‘खुल्लमखुल्ला भन्नुस् पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस्, हामी तयार छौं’
‘दर्शकदीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने? प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने,’ सांसद शाहीले भने,’ वाह–वाह गृहमन्त्री, वाह प्रधानमन्त्री यो तम्रो कस्तो लोकतन्त्र, यो तम्रो कस्तो प्रजातन्त्र?’
काठमाडौं, फागुन २१ : केपी ओली कपको फाइनल खेलमा दर्शक कुटिएको घटनाको विरोध गर्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले दर्शक कुट्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन्।
सोमबार दशरथ रंगशालामा मछिन्द्र र नेपाल आर्मीबीचको फाइनल खेलमा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गर्नेमाथि कुटपिट भएको थियो।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले सोही विषयमा कुरा उठाए। उनले प्रहरीले पीडितलाई बचाउनुपर्नेमा उल्टै कुटपिट गर्नेलाई सघाएको पनि बताए।
‘दर्शकदीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुण्डाहरूले मान्छे कुट्ने? प्रहरी पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने,’ सांसद शाहीले भने,’ वाह–वाह गृहमन्त्री, वाह प्रधानमन्त्री यो तम्रो कस्तो लोकतन्त्र, यो तम्रो कस्तो प्रजातन्त्र?’
उनले ती मान्छे कुट्नेलाई कारबाही नभए सडक र संसद दुवै ठाउँमा आवाज उठाइने बताए।
‘खुल्लमखुल्ला भन्नुस् पार्टीका कार्यकर्ताले मान्छे कुट्ने हो पुलिस चाहिँदैन भन्नुस्, हामी पनि तयार भएर बस्छौं यसमा दुई मत छैन,’ उनले भने।