Kathmandu Press

कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादीले जनायो आपत्ति

‘सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोडसेडिङको अन्त्यदेखि अहिलेसम्म निरन्तर उचाइमा लगिरहेको बेलामा निरन्तर स्पष्टीकरण सोधेर सरकारले के सोचेको हो ? त्यो विषयवस्तुको बारेमा ध्यानाकर्षण गराउँछु,’ उनले भने।
कुलमानलाई कार्यसम्पादनमा शून्य अंक दिएकोप्रति माओवादीले जनायो आपत्ति

काठमाडौं, फागुन २१ : प्रमुख प्रतिक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पटक–पटक स्पष्टिकरण सोधेकोप्रति आपत्ति जनाएको छ।

बुधबारको प्रतिनिधिसभाको बैठकको सुरूआतमै बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरणमा राम्रो काम गरेर नाफामा लैजाने कुलमानलाई सरकारले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै असन्तुष्टि जनाए।

Hardik ivf

‘अहिले स्पष्टीकरण सोध्नेमात्र होइन, उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य आएको भन्ने छ। बारम्बार यो सरकार विचौलियाहरूको पक्षमा लैजाने कुरा, जसले सधैँ बक्यौता रकम उठाउने कुरा गरिरहेको छ। त्यसमा पनि रोकावट आइरहेको छ। यो कुरालाई मध्यनजर गर्दै हामी हाम्रोतर्फबाट यो सरकारलाई यसो नगरियोस् भनेर गम्भीर खबरदारी गर्न चाहन्छौं,’ उनले भनेर

उनले कुलमानबारे के भएको हो सदनलाई जानकारी गराउन माग गरे। उनले यो विषयमा सभामुखसँग रुलिङको माग पनि गरे।

पाण्डेले बोल्नुअघि संसद बैठक सुरु हुनुअघि प्रतिपक्षी दलहरू उठेर विरोधका जनाएका थिए।

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, फागुन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्