रिंकु सदयाको मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
घटना दबाउने प्रयास गरिएको भन्दै चर्को विरोधपछि प्रहरीले छानविन थालेको थियो। सोही क्रममा प्रहरीले रुपेशलाई पक्राउ गरेको हो।
सिरहा, फागुन २१ : सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन्।
आफूमाथि बलात्कार भएको बताएपछि घटनालाई दबाउन पञ्चायती सभा बसेको थियो। लगत्तै रिंकुले घरमै आत्महत्या गरेकी थिइन्।
घटना दबाउने प्रयास गरिएको भन्दै चर्को विरोधपछि प्रहरीले छानविन थालेको थियो। सोही क्रममा प्रहरीले रुपेशलाई पक्राउ गरेको हो।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
त्यसअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी उनी ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा रोइरहेको अवस्थामा फेला परेकी थिइन् । अभिभावकले सोधपुछ गर्दा उनले आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी थिइन्।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












