अमेरिकाले विना कागजात बसेका ९ नेपालीलाई फर्कायो, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा [तस्बिरहरू]
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै अमेरिकाले फर्काइ दिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए।![अमेरिकाले विना कागजात बसेका ९ नेपालीलाई फर्कायो, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(2)-(43)-1741158973.jpg)
काठमाडौं, फागुन २१ : अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन्।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
स्वदेश फर्किएका उनीहरूलाई अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोको जिम्मा लगाइएको छ।
-(19)-1741158975.jpg)
नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले नेपाल न्यूज बैंकलाई जानकारी दिँदै अमेरिकाले फर्काइ दिएकाहरू मानव बेचबिखन तथा ओसारपसारका पीडित हुन् कि भनेर सोधपुछका लागि झिकाइएको बताए।
‘अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना हाम्रो सम्पर्कमा छन्, उहाँहरू कसरी त्यहाँ पुग्नुभयो, मानव बेचबिखन तथा ओसारपसारका भिक्टिम हो कि भन्ने ढंगले सामान्य सोधपुछ गर्नका लागि बोलाएका हौं,’ उनले भने।
-(67)-1741158972.jpg)
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीप्रति कडा नीति अवलम्बन गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काइरहेका छन्। त्यसक्रममा यसअघि २७ नेपाली फिर्ता भएको अध्यागमन विभागले जनाएको छ।
-(33)-1741158974.jpg)
-(18)-1741158972.jpg)
-(13)-1741159224.jpg)












