Kathmandu Press

ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा.कार्की

उनले महिलाहरुलाई स्वजागरण गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताइन्। 
ठूला योजना मात्र होइन वडामै तालिमका नाममा भ्रष्टाचार भइरहेको छ : डा.कार्की

काठमाडौं, फागुन २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस, दिवसमा मात्र सिमित हुन नहुने बताएकी छन्। 

मंगलबार ललितपुरमा आयोजित स्तन क्यान्सर तथा आर्थिक तथा व्यवसायिक छलफल कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलासँग सम्बन्धित विषयहरु कानूनी साक्षरता, स्तन क्यान्सरको विषयमा जनचेतनामुलक कार्यक्रम साथै वडामार्फत महिलाहरुको लागि विभिन्न तालिमका विषयमा छलफल गरेकी छन्।   

Hardik ivf

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला सप्ताह कार्यक्रमको पहिलो दिन उनले महिला दिवस दिवसमा नै सिमित नभई ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्ने बताइन्। 

‘अन्तर्राष्ट्रिय महिला दिवस भनेर दिवसमा मात्र सिमित हुनुहुँदैन । ३६५ दिनै महिला शक्तिकरणका अभियानहरु चलाउनुपर्छ। भ्रष्टाचार भनेर ठुला ठुला काण्डहरुमा मात्र सिमित हुने होइन वडामा पनि तालिमहरुको लागि आएको बजेटमा पनि भ्रष्टाचार भइरहेको हुन्छ । त्यहाँ नीतिगत भ्रष्टाचार भइरहेको हुन्छ,’ उनले भनिन्, ‘कहिलेकाही एउटा महिलाले १० वटा तालिम लिएपनि व्यवसायसँग जोड्न सकिरहेको हँुदैन। कुनैले व्यवसाय गर्न खोजेको हुन्छ तालिम पाएको हँुदैन।’ 

उनले महिलाहरुलाई स्वजागरण गराउने, आफ्नो लागि आएको बजेट कहाँ उपयोग भइरहेको छ त्यसको खोजी गर्न नसकिरहेको बताइन्। 

राज्यका निकायहरुले कार्यक्रम ल्याएपनि त्यो कार्यक्रम नागरिकहरुलाई थाहा नै नभएको पनि गुनासो उनले गरिन्।

प्रकाशित मिति: २१:२५ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्