भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरिए अमान्य, ‘नो केवलकार’ आन्दोलनमा समर्थन : जसपा नेपाल
‘अध्यादेशको कुरामा अन्य पाँचवटा अध्यादेश प्रक्रियामा गएपछि सोही अनुरुप गर्ने। तर भूमि सम्बन्धी अध्यादेश नमान्ने निर्णय गरेका छौं। र सो अध्यादेश सरकारलाई फिर्ता लिन पनि आग्रह गरेका छौं,’ उनले भने, ‘भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरियो भने बाँकी पाँचवटा पनि नमान्ने भन्ने कुरा पहिलादेखि नै प्रष्ट भन्दै आएका छौं।’-(66)-1741101053.jpg)
काठमाडौं, फागुन २० : जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकले भूमि सम्बन्धी अध्यादेश सदनमा प्रस्तुत गरियो भने बाँकी पाँचवटा अध्यादेश पनि नमान्ने निर्णय गरेको छ।
मंगलबार तीन दिनदेखि बस्दै आएको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताएका हुन्।
‘अध्यादेशको कुरामा अन्य पाँचवटा अध्यादेश प्रक्रियामा गएपछि सोही अनुरुप गर्ने। तर भूमि सम्बन्धी अध्यादेश नमान्ने निर्णय गरेका छौं। र सो अध्यादेश सरकारलाई फिर्ता लिन पनि आग्रह गरेका छौं,’ उनले भने, ‘भूमि सम्बन्धी अध्यादेश प्रस्तुत गरियो भने बाँकी पाँचवटा पनि नमान्ने भन्ने कुरा पहिलादेखि नै प्रष्ट भन्दै आएका छौं।’
प्रवक्ता सुमनले ‘नो केबलकार’ आन्दोलनप्रति जसपा नेपालको ऐक्यबद्धता रहेको भन्दै आन्दोलनमा पक्राउ परेकाहरुलाई निशर्त रिहा गर्न र घाइते भएका सबैलाई निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेको बताए।
‘नो केबलकार आन्दोलनप्रति जसपा नेपालको ऐक्यबद्धता रहेको कुरा सबैलाई जानकारी नै छ त्यो आन्दोलनमा पक्राउ पर्नु भएकाहरुलाई निशर्त रिहा गर्नको लागि सरकारलाई आग्रह गरेका छौं,’ उनले भने, ‘आन्दोलनमा घाइते भएका सबैलाई निशूल्क उपचार गर्नको लागि आग्रह गरेका छौं। वार्ता र संवादमार्फत नो केबलकार आन्दोलनलाई सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेका छौं।’
बैठकले सबै भातृ संगठनको अधिवेशन बैशाख मसान्तभित्र सम्पन्न गर्ने र जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणलाई पनि बैशाख मसान्तसम्म म्याद लम्बाउने निर्णय गरेको पनि उनले जानकारी दिए।












