Kathmandu Press

मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता

मधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धता

जनकपुरधाम, फागुन २०: मधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

मैथिली विकास कोष परिषद् जनकपुरधामको नवनिर्मित भवनमा आजदेखि सुरू भएको मधेश–प्रदेश प्रादेशिक लालितकला प्रदर्शनी कार्यक्रममा उनले नेपालीपछि मैथिली भाषा नेपालको सबैभन्दा बढी बोलिने भाषा भएकाले त्यसको संरक्षण तथा विकासलाई मधेश–प्रदेश सरकारले प्रथम प्राथमिकतामा राखेको र विकासका लागि गृहकार्य गरिरहेको बताए।

 मुलुकमा  भौतिक विकासका साथै  सभ्यता, संस्कृति तथा कलाको विकास नभए देशको विकास नहुने उल्लेख गर्दै उनले मैथली विकास कोषलाई मिथिलाको संस्कृति तथा संस्कारलाई दिगो बनाउन तथा जर्गेना गर्नका लागि के–कस्ता योजना बनाउने हो, त्यसको खाकासहित मधेश प्रदेश सरकार समक्ष पेस गर्न अनुरोध गरे।

सोही समारोहमा पूर्वमन्त्री तथा मधेश–प्रदेश सासंद रामसरोज यादवले  मैथली विकास कोष परिषद्ले मैथली भाषा तथा संस्कृतिको विकासका लागि सरकारसँग हातोमालो गरेर अगाडि बढनुपर्नेमा जोड दिए।

उनले मैथली विकास कोषको पूर्वाधार निर्माणमा रू दुई करोडको थप कोष खडा गर्नुपर्ने बताए।

प्रकाशित मिति: २०:३५ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्