Kathmandu Press

मधेश शहिद प्रतिष्ठानका सदस्य मृत फेला

मधेश शहिद प्रतिष्ठानका सदस्य मृत फेला

जनकपुरधाम, फागुन २०  : मधेश शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय (यादव) आज जनकपुरधाममा मृत भेटिएका छन् ।

सर्लाहीको मलङ्गवा नगरपालिकाको गम्भरिया घर भएका ३७ वर्षीय यादव जनकपुरधामस्थित मधेश प्रदेश भवनभित्र मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

ओछ्यान नजिक यादवले वान्ता गरेको पाइएको र उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २०:०३ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्