परराष्ट्रमन्त्री राणा लुम्बिनी भ्रमणमा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्।
लुम्बिनी, फागुन २०: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन्।
उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरे।
मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिए।
उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उहाँलाई जानकारी दिएमा थिए। मन्त्री राणासँगै लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री सरोज थापा पनि सहभागी थिए।
भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्यलगायतको सहभागिता थियो।
प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












