Kathmandu Press

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

लुम्बिनी, फागुन २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

उनले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको बिषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रियामा अघि बढ्नुपर्ने बताए।

Hardik ivf

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले संविधान संशोधनका लागि सरकारमा सहभागी दलसहितको समिति बनाउनुपर्नेमा जोड दिए।  

'अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो । जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधन गर्न सरकार गठन भएको हो,' नेता केसीले भने, 'सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निस्कर्ष निकाल्नु पर्छ।'

नेता केसीले नेपाली कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताउनुभयो । उहाँले सकेसम्म आगामी २०८२ सालभित्र र नभए २०८४ सालको चुनाव अघि महाधिवेशन हुनुपर्ने बताए।

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्