Kathmandu Press

च्याम्पियन्स ट्रफी : फाइनल पुग्न भारतलाई अस्ट्रेलियाविरूद्ध २६५ रनको लक्ष्य

भारतीय खेलाडीको कसिलो बलिङमा अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै २६४ रनको सामान्य योगफल जोड्न सक्यो।
च्याम्पियन्स ट्रफी : फाइनल पुग्न भारतलाई अस्ट्रेलियाविरूद्ध २६५ रनको लक्ष्य

काठमाडौं, फागुन २० : आइसिसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतलाई  २६५ रनको लक्ष्य दिएको हो।

भारतीय खेलाडीको कसिलो बलिङमा अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै २६४ रनको सामान्य योगफल जोड्न सक्यो।

अस्ट्रेलियाका लागि कप्तान स्टिभन स्मिथले सर्वाधिक ७३ रन बनाए। उनले ९६ बलमा ४ चौका र १ छक्का हाने।

त्यस्तै ५७ बल खेलेका एलेक्स केरीले ८ चौका र १ छक्का हानेर ६१ रन जोडे। ओपनर ट्राविस हेडले ३९ रन बनाउँदा ५ चौका र २ छक्का प्रहार गरे।

मार्नस लाबुशेनले २९ रन बनाउन ३६ बल खेलेर २ चौका र १ छक्का हाने।

अन्य ब्याटर टिक्न सकेनन्।

बलिङतर्फ भारतका मोहम्मद शामीले ३, वरूण चक्रवर्थी र रविन्द्र जडेजाले २/२ तथा अक्षर पटेल र हार्दिक पाण्ड्याले १/१ विकेट लिए।

प्रकाशित मिति: १८:३३ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्