३० अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३०.३६ अङ्कको गिरावट देखिएको छ।
काठमाडौ, फागुन २० : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३०.३६ अङ्कको गिरावट देखिएको छ।
यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो। १.०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६.३० को विन्दुमा कायम भएको छ।
आज ३१८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा २ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। बैङ्किङ १.०५, विकास बैङ्क ०.३९, वित्त २.१०, होटल तथा पर्यटन ०.९७ र जलविद्युत् समूह १.०८ प्रतिशतले घटेको छ ।
त्यसैगरी लगानी १.७५, जीवन बिमा ०.६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।
गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)