Kathmandu Press

कांग्रेस–एमालेले लगाए सांसदलाई ह्वीप 

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्न कांग्रेस र एमालेले छुट्टाछुट्टै ह्वीप जारी गरेका हुन्। 
कांग्रेस–एमालेले लगाए सांसदलाई ह्वीप 

काठमाडौं, फागुन २० : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (बुधबार) बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन्।

बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्न कांग्रेस र एमालेले छुट्टाछुट्टै ह्वीप जारी गरेका हुन्। 

अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई भनिएको छ।

‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ कांग्रेसले सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ। 

सरकारले भूमि सम्बन्धी बाहेकका अध्यादेश पारित गर्न भोलि संसदमा पेस गर्ने कार्यक्रम तय भएको छ। जसपा नेपाल र लोसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले त्यसलाई रोकेर अरु अध्यादेश पारित गर्ने तयारीमा छ।  

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्