Kathmandu Press

सरकारसँग पाँच बुँदे सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता, ग्यासकाे मूल्य बढ्याे

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको छ
सरकारसँग पाँच बुँदे सहमतिपछि ग्यास उद्योगीको आन्दोलन फिर्ता, ग्यासकाे मूल्य बढ्याे

काठमाडौं, फागुन २० : सरकारसँग पाँच बुँदे सहमति भएपछि ग्यास उद्योगीहरूले जारी आन्दोलन फिर्ता लिएका छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको छ। विभिन्न मागहरु राखेर ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए। 

सहमति अनुसार आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने भनिएको छ। तर उपभोक्तालाई भने मूल्य नबढ्ने सहमति गरिएको छ। 

यस्तै, सहमतीमा ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने भनिएको छ। निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने सहमतिमा उल्लेख छ। 

यस्तै, निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने सहमती भएको छ। 

यसैबीच सहमतीसँगै नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एलपी ग्यासको आपूर्ति सहज बनाउने भएको छ। 

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्