Kathmandu Press

मोरङमा रूखमा एउटै डाेरीमा झुन्डिएको अवस्थामा भेटिए महिला र पुरुष

मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज–२ की जुबामुनी पिठारीको रुखमा झुन्डिएको अवस्थामा भेटिए।
मोरङमा रूखमा एउटै डाेरीमा झुन्डिएको अवस्थामा भेटिए महिला र पुरुष

मोरङ, फागुन २० : मोरङमा एक जोडीले एउटै डोरीमा झन्डिएर आत्महत्या गरेका छन्। 

मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा मंगलबार दिउँसो महिला पुरुष एउटै डोरीमा पासो लागेको अवस्थामा भेटिएका हुन्।  

प्रहरीका अनुसार उनीहरु सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज–२ की जुबामुनी हस्ता छन्। उनीहरूले पिठारीको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

दुवै विवाहित व्यक्ति रहेको प्रहरीले जनाएको छ। एक छोराकी आमा जुबामुनीका पति वैदेशिक रोजगारीमा रहेको बताइएको छ भने अजयका पनि दुई छोराछोरी छन्। 

दुवै शव पोस्टमाटमका लागि लगिएको छ। 

आइतबार जयनले जुबामुनीलाई घरमै लिएर आएको बताएको छ। उनीहरू सोमबार घरबाट निस्किएको गाउँलेहरुले बताएका छन्। 

प्रेम सम्बन्ध सफल नहुने देखेपछि दुवैले सँगै आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। प्रहरीले घटनाको थप अनुन्धान थालेको छ। 

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्