Kathmandu Press

‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’

उपराष्ट्रपति  यादवले वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए।
‘वन संरक्षण सम्बन्धि नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन आवश्यक’

काठमाडौं, फागुन २० : उपराष्ट्रपति रासहाय यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। 

मंगलबार काठमाडौंमा आयोजित नेपाल वन प्राविधिक संघको रजत जयन्ति समारोहमा बोल्दै उनले वन क्षेत्रको संरक्षण संवद्र्धन र दिगो व्यवस्थापनको लागि सरकार, सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु जरुरी रहेको बताए। 

Hardik ivf

‘वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि सम्बन्धित निकायहरुले यसका लागि नीति तथा कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्न आवश्यक छ,’ उनले  भने, ‘वन क्षेत्रको संरक्षण सम्बद्र्धन र दिगो व्यवस्थापनको लागि सरकार,सरोकारवाला निकाय स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी छ।’

उपराष्ट्रपति  यादवले वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए।

हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोतको केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी रहेको उनको भनाई छ। 

‘वन सम्बन्धि नीतिगत सुधार नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकतामा दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चीत गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य छ । हरियो वन नेपालको धन भनेर चिनिएको ठूलो प्राकृतिक श्रोत केन्द्र वन भएकोले सबैको समान पहुँच जरुरी छ,’ उनले भने।

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको प्रभाव जैविक विविधताको संरक्षण वनजन्य श्रोतको दिगो उपयोग र स्थानीय समुदायको आर्थिक शसक्तिकरण लगाउतका क्षेत्रमा संघले खेलेको भूमिका प्रशंसनिय रहेको बताए। 
 

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्