Kathmandu Press

झलनाथ खनालकाे ब्यङ्ग्य– चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो 

‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ। त्यसलाई कसैले अवरोध गरेको छैन,’ उनले भने।
झलनाथ खनालकाे ब्यङ्ग्य– चुच्चे नक्सा नागको फोटो टाँसे सरह मात्र भयो 

काठमाडौं, फागुन २० : नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अहिले मुलुकमा अध्यादेशमार्फत कानुन ल्याउनुपर्ने कुनै आवश्यक्ता नभएको बताएका छन्।

मंगलबार जनकपुरधाममा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले अध्यादेश ल्याउनुको कुनै तुक नरहेको भन्दै अध्यादेशलाई आफ्नो पार्टीले कुनैपनि हालतमा स्वीकार नगर्ने दावी गरे।  

Hardik ivf

‘अध्यादेश ल्याउन के जरुरी छ, जवकि संविधान अन्तर्गतका कुनैपनि ऐनहरु सामान्यरुपमा बनाउन सकिन्छ। त्यसलाई कसैले अवरोध गरेको छैन,’ उनले भने, ‘अवरोध नभएको वेलामा अध्यादेश ल्याउन आवश्यक छैन। हाम्रो पार्टी र संसदीय दलले यो अध्यादेशलाई समर्थन गरेको छैन।’  

सरकारले चुच्चे नक्सा जारी गरे पनि त्यसको कार्यान्वयनमा असरकार असफल भएको नेता खनालले बताए। 

‘सरकारले संसदबाट पारित गरेको चुच्चे नक्साको फोटो आफ्नो घरमा नागपंचमीको दिन नागको फोटो टाँसेसरह भएको छ,’ उनले भने, ‘नक्सा जारी त भयो, तर, त्यसको कार्यान्वयनमा सरकार असफल भएको छ।’

नेता खनालले अहिलेको पुँजीवादी व्यवस्थामा पार्टी फुट्नुलाई अस्वभाविक मान्न नहुने जिकिर गरे। उनले सरकारले कुनै पार्टीलाई लक्ष्य गरेर विभाजन सम्बन्धी विधेयक ल्याउछन् भने त्यो गलत रहेको बताए। 

सरकारको दल विभाजन सम्बन्धि विधेयकले आफनो पार्टी नफुटने दावी समेत गरेका छन्।

खनालले बामपन्थी एकता आजको आवश्यकता रहेको बताउँदै एकता व्यक्ति प्रधानभन्दा नीतिप्रधान हुनुपर्नेमा जोड दिए। उनले नीति प्रधान भएको खण्डमा बामपन्थी एकता टिकाउ र बलियो हुने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १५:१८ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्