Kathmandu Press

जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री  

‘हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैं सेलाएर जान्छ । यसमा मजदुर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।
जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री  

काठमाडौं, फागुन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्न खोज्ने प्रवृत्तिलाई चिरेर सरकार मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

प्रधानमन्त्री ओलील नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो भनाई राखेका हुन्। 

उनले विरोधका लागि विरोध गर्ने प्रवृत्ति देखिएको पनि बताए । राम्रो काम गर्न नरोकिने भनाई ओलीको थियो। 

‘हामीलाई देशको विकास र परिवर्तन गर्नुछ । विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैं सेलाएर जान्छ । यसमा मजदुर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु,’ उनले भने।

कार्यक्रममा ओलीले हिमाल पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको भन्दै प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह समेत गरे।

श्रमिकहरू रोजगारदातामा रुपान्तरण हुन सक्ने बताउँदै त्यस प्रकारको वातावरण सृजना गर्नुपर्ने भनाई प्रधानमन्त्री ओलकिो थियो। 

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्