Kathmandu Press

भूमिबाहेकका पाँच अध्यादेश मात्र संसदमा पेश गर्ने सरकारको तयारी 

सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याए पनि सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएपछि सरकारले पाँच वटा अध्यादेशमात्र पास गर्न तयारी भएको हो।
भूमिबाहेकका पाँच अध्यादेश मात्र संसदमा पेश गर्ने सरकारको तयारी 

काठमाडौं, फागुन २० : सरकारले भूमिसम्बन्धी अध्यादेश रोकेर पाँचवटा अध्यादेश संसद बैठकमा पेश गर्ने भएको छ। 

भूमिसम्बन्धी बाहेकका पाँचवटा अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभाको बैठक र बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गरिने भएको भएको हो। 

Hardik ivf

सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याए पनि सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने अडान लिएपछि सरकारले पाँच वटा अध्यादेशमात्र पास गर्न तयारी भएको हो। सरकारले गत पुस २७ गते यी अध्यादेश जारी गरेको थियो।

संसद बैठकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णार्थ प्रस्तुत हुने तय भएको छ। 
 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्