Kathmandu Press

मुख्य प्रशिक्षक रोसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

प्रशिक्षक रोसले सिंगापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एसियन कपको तेस्रो चरणको छनोट खेलका लागि टिम छनोट गर्न खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।
मुख्य प्रशिक्षक रोसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए

काठमाडौं, फागुन २० : नेपाली राष्ट्रिय टिमका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले जिम्मेवारी सम्हालेको २ दिनपछि नै खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन्। 

आइतबार एन्फासँग प्रशिक्षका रुपमा १ वर्ष काम गर्नेगरी सम्झौता गरेका रोसले मंगबार ३० खेलाडीलाई बन्द प्रशिक्षणक लागि बोलाएका हुन्।

Hardik ivf

प्रशिक्षक रोसले सिंगापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एसियन कपको तेस्रो चरणको छनोट खेलका लागि टिम छनोट गर्न खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।

नोपलले मार्च २१ गते सिंगापुरसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने मार्च २५ मा एसियन कपको तेस्रो चरणको छनोटको पहिलो खेल मलेसियासँग खेल्ने छ।

प्रशिक्षक रोसले एन्फको यू–१६ र यू–१६ लिगमा उत्कृष्ट प्रदर्शशन गरेका युवा स्ट्राइकर सुवास बमलाई पनि बन्द प्रशिक्षणका लागि बोलाएका छन्। उनी पहिलो पटक राष्ट्रिय टिमको क्याम्पमा परेका हुन्। उनले यू–१६ र यू–१६ लिग पुलिसबाट खेलेका थिए।

नेपाली टिम : किरणकुमार लिम्बू, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, एञ्जल श्रेष्ठ (गोलकिपर) अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बू, आशिष गुरुङ, अशोक खवास (डिफेन्डर), लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु (मिडफिल्डर), जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, समीर तामाङ, दीनेश हेन्जन, सुवास ठकुरी बम, नीराजन धामी (स्ट्राइकर)।

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्