Kathmandu Press

१५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली मडैमा

आज छैठौं दिन मडैमा रात्रिविश्रामपछि सातौं दिन भोली ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ। 
१५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली मडैमा

धनुषा, फागुन २० : मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुगेको छ।

सोमबार जलेश्वरमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री मडै प्रस्थान गरेका हुन्।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली पाँचौ दिन जलेश्वर पुगेको थियो। 

आज छैठौं दिन मडैमा रात्रिविश्रामपछि सातौं दिन भोली ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ। 

त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली  यात्रा सम्पन्न हुन्छ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्