पूर्व वडाध्यक्ष साह पक्राउ, आज अदालतमा पेस गरिने
जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।-1741054794.jpg)
जनकपुर, फागुन २० : जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो ।
जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ ।
पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनी संग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई वडा नं. १ बाटै पक्राउ गरिएको थियो भने उनलाई आज अदालतमा पेस गरिने छ ।
प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












