आज दुईवटा संसदीय समितिको बैठक बस्दै
आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं, फागुन २० : संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानी जहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: ०७:३१ बजे, मंगलबार, फागुन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार