Kathmandu Press

‘मलेसिया रोजगारीमा मेनपवारको एकाधिकार छैन, हुँदैन’

मलेसिया कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने गरी हाल कुनै नीतिगत निर्णय नभएको र भविष्यमा त्यस्तो नहुने जनाएको छ।
‘मलेसिया रोजगारीमा मेनपवारको एकाधिकार छैन, हुँदैन’

काठमाडौं, फागुन १९ : मलेसिया रोजगारीमा मेनपवार व्यवसायीको एकाधिरकार नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मलेसिया कामदार पठाउने सन्दर्भमा केही मेनवार व्यवसायीको एकाधिकार रहेको हल्ला चलेपछि मन्त्रालयले सोमबार विज्ञप्ति नै जारी गारेर मलेसिया कामदार पठाउन निश्चित म्यानपावर व्यवसायीलाई लाभ हुने गरी हाल कुनै नीतिगत निर्णय नभएको र भविष्यमा त्यस्तो नहुने जनाएको छ।

‘मलेसियामा कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी हाल कुनै पनि नीतिगत निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने सम्बन्धित सबैमा व्यहोरा अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मलेसिया कामदार पठाउने विषयमा एकाधिकार गर्न खोजिएको विषय भ्रामक र आधारहीन भएको भन्दै मन्त्रालयले त्यस्तो अफवाहको पनि नलाग्न अनुरोध गरेको छ।

‘मलेसियामा नेपाली कामदार पठाउने निश्चित मेनपावर व्यवसायीहरुलाई फाइदा पुग्ने गरी सिण्डिकेट गर्न लागिएको भनी विभिन्न संचार माध्यमबाट अफवाह फैलाइएको सम्मबन्धमा यस मन्त्रालयको गम्भिर ध्यान आकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएका छ,  ‘नेपाल सरकारले विगत लामो समय देखि खुला, पारदर्शी र भेदभावरहित भर्ना प्रक्रिया अवलम्बन गरेको छ। यसका साथै श्रम आप्रवासन प्रक्रियालाई थप व्यवस्थित र कामदारमैत्री बनाउन नीतिगत र कानुनी सुधार भइरहेकोछ।’

अहिले मलेसिया रोजगारी बन्द छ। मलेसियाले गत जेठदेखि नै कामदार बढी भएको भन्दै नेपालसहितका देशबाट कामदार लैजान बन्द गरेको छ।

 

प्रकाशित मिति: ००:०६ बजे, मंगलबार, फागुन २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्