Kathmandu Press

सरकारलाई गरेको समर्थन फिर्ता लिने कुरा हल्ला मात्र हो : प्रवक्ता सुमन

जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई गरेको समर्थन फिर्ता लिने भन्ने हल्ला गलत भएको बताएका छन् । 
सरकारलाई गरेको समर्थन फिर्ता लिने कुरा हल्ला मात्र हो : प्रवक्ता सुमन

काठमाडौं, फागुन १९ : जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई गरेको समर्थन फिर्ता लिने भन्ने हल्ला गलत भएको बताएका छन् । 

सोमबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकपश्चात उनले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिनको लागि पटक पटक बनेको भन्दै यो कुराले समर्थन नै फिर्ता लिने भन्ने नहुने बताए ।

Hardik ivf

उनले भने, ‘यो सरकारले राम्रो काम गरेन भनेर हाम्रो प्रस्ताव नै छ । भ्रष्टाचार, वेतिथि रोक्न सकेन र देशमा केही नौलो गरेको देखिएन भन्ने प्रस्तावमा उल्लेख छ । सरकारलाई गरेको समर्थन फिर्ता लिने जस्तो कुरा भन्ने चाही होईन । हामीले एउटा स्थिर सरकारको कल्पना गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौं र भोलीका दिनमा पनि ओलीको सरकार सधैँ चलोस भनेर हामीले भनेका हुन्छौ । उहाँले प्रस्तुत गर्नु भएको भूमि सम्बन्धी अध्यादेश भने मान्न सकिदैँन् । यो फिर्ता लिनु भनेर पटक पटक सरकारलाई भनेका छौ तर यो हुदैँमा समर्थन फिर्ता लिने भन्ने हुदैन ।’

यस्तै, उनले बैठक भोलि ११ बजे बस्नेगरि स्थगित भएको भन्दै आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरुले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरेको बताए ।

उनले भने, ‘बैठक भोली फागुन २० गते ११ बजे बस्नेगरि स्थगित भएको छ । आजसम्म ५३ जना पार्टीका केन्द्रीय सदस्यहरुले लिखित प्रतिवेदन सहित आफ्नो मन्तव्य व्यक्त गरिसक्नु भएको छ । हामीले विगत ६ महिनादेखि जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण भनेर अभियान नै चलाएका थियौं । त्यो अभियानमा सबै केन्द्रीय सदस्यहरु खटिनु भएको थियो, त्यही क्रममा भएका कुराहरु उहाँहरुले व्यक्त गर्नु भएको छ । केही साथिहरुले विचार व्यक्त गर्न बाँकी छ, त्यो सम्पन्न भएपछि भोली पार्टीका महासचिवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव बारे निर्णय गर्ने छौ ।’

प्रकाशित मिति: २०:५८ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्