Kathmandu Press

कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ।
कांग्रेस सुदूरपश्चिमको प्रथम सम्मेलन हुँदै

कैलाली, फागुन १९ : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलन यही फागुन २६ गते धनगढीमा हुने भएको छ।

कांग्रेस प्रदेश कार्यसमितिद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सभापति वीरबहादुर बलायरले जनता केन्द्रित कार्यक्रम र सङ्गठन सुदृढीकरण योजना तय गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए। सम्मेलनमा प्रदेशभरका पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने उहाँले जानकारी दिए।

Hardik ivf

सभापति बलायरले सम्मेलनले बदलिँदो राजनीतिक अवस्था, अर्थतन्त्रमा आएको शिथिलता र त्यसबाट भोग्नुपरेका समस्याबारे बृहत् छलफल गरी तीनै तहका सरकारलाई आवश्यक सुझावसमेत दिइने बताए ।

यस्तै, सम्मेलनको अर्को दिनदेखि फागुन २७ र २८ गते धनगढीमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन हुने पनि त्यस अवसरमा जानकारी दिइयो।

प्रशिक्षण कार्यक्रममा करिब एक सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहने सभापति बलायरले जानकारी दिए।

प्रकाशित मिति: १८:५६ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्