Kathmandu Press

स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।
स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, फागुन १९ : यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सोमबार बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

काठमाडौंको ट्रमा सेन्टरमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

प्रकाशित मिति: १८:३५ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्