Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरूद्ध

पूर्व–पश्चिम राजमाग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि राजमार्ग अवरूद्ध

मकवानपुर, फागुन १९ : पूर्व–पश्चिम राजमाग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

सोमबार मनहरी–७, मनहरी पुलमा चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना १६प३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर–१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय निम बहादुर थापाको ज्यान गएको हो। 

Hardik ivf

टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारको क्रममा मनहरी अस्पतालमा ज्यान गएको जनाइएको छ।

मोटरसाइकल चालकलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ।

यता घटनाको विरोधमा मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र मान्छे मार्न पाइदैन भन्दै सडक जाम गर्दै, घटनामा संलग्नलाई कारबाहीको माग राखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पूर्व–पश्चिम राजमाग अवरुद्ध पारेका थिए।

अवरुद्ध सडक करिब एक घण्टा ४५ मिनेटपछि खुलेको थियो।  

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्