Kathmandu Press

ब्राउन सुगर सहित तिन भारतीय नागरिक पक्राउ

बारा प्रहरीले लागू औषध ब्राउन सुगर सहित तिन जनालाई पक्राउ गरेको छ।
ब्राउन सुगर सहित तिन भारतीय नागरिक पक्राउ

रौतहट, फागुन १९ : बारा प्रहरीले लागू औषध ब्राउन सुगर सहित तिन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय सिमरा, बारा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो १७० ग्राम ब्राउन सुगर सहित तिन भारतीय नागरिकलाइ पक्राउ गरेको हो।

बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ सिमरा स्थितमा रहेको राज होटेलमा बसिरहेको  अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत, विहार राज्य, मोफासिल सिवाना जिल्ला,  थाना सिवाना, चनौर ग्राम पञ्चायत वडा नं.१४ बस्ने वर्ष ३५ को गौतम कुश्वाहा,भारत, विहार राज्य, पूर्व चम्पारण जिल्ला, रमगढवा थाना, सिंहसिनी ग्राम पञ्चायत वडा नं.७ बस्ने वर्ष ३० को रन्जन कुमार सिंह र सोही स्थानको वडा नं.१० बस्ने वर्ष ४० को संजिव कुमार राम रहेका छन्।

लागूऔषध सहित पक्राउ परेकाहरु आवश्यक कानुनी प्रकृया अघि  बढाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित मिति: १८:१७ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्