बेचन झाको मिसिल झिकाउन सर्वोच्चको आदेश
झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोग लगाइएको छ ।
काठमाडौं, फागुन १९ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा तल्लो अदालतबाट मिसिल झिकाउने आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमबार मिसिल झिकाउने आदेश दिएको हो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नतको आरोपमा झा गत असार ५ गते कञ्चनपुरबाट पक्राउ परेका थिए ।
झाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोग लगाइएको छ ।
जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि झा सर्वोच्च पुगेका हुन् ।
प्रकाशित मिति: १८:०९ बजे, सोमबार, फागुन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)