बस्तीमा पसेको बाघ नियन्त्रणमा लिन सकिएन, घरभित्र थुनियो
प्रहरीका अनुसार स्थानीय बासिन्दाले चारैतिरबाट होहल्ला गर्दा बाघ स्थानीय भरत विष्टको घरमा प्रवेश छिरेको थियो । त्यसपछि बाहिरबाट ढोका लगाई थुनिएको छ ।
सप्तरी, फागुन १९ : सप्तरीको फत्तेपुरमा बाघ गाउँ पसेपछि अहिले त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।
सोबाबार बिहानै सप्तकोसी नगरपालिका वडा नम्बर– १ फत्तेपुरको इलाका वन कार्यालय नजिकैबाट बाघ गाउँ छिरेको थियो। दिनभर प्रयास गर्दा पनि बाघलाई नियन्त्रणमा लिन सकिएको छैन।
लगतारको प्रयासपछि प्रहरी र कोशी टप्पु बन्यजन्य आरक्षको टोलीले बाघलाई अहिले स्थानीयको घरमा थुनेका छन्।
प्रहरीका अनुसार स्थानीय बासिन्दाले चारैतिरबाट होहल्ला गर्दा बाघ स्थानीय भरत विष्टको घरमा प्रवेश छिरेको थियो । त्यसपछि बाहिरबाट ढोका लगाई थुनिएको छ ।
बाघले केही व्यक्तिलाई आक्रमण गरेको र नियन्त्रणमा लिने प्रयास गरे पनि अहिलेसम्म नसकेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिएका छन्।
बाघलाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, इलाका वन कार्यालय फत्तेपुरको टोली, नेपाल प्रहरी, शसस्त्र प्रहरीका साथै नेपाली सेनाको टोली परिचालित भएको छ।
कोशीटप्पु वन्यजन्तु आरक्षबाट गएको टोली भने फर्किएको छ । टोलीमाथि नै स्थानियले आक्रमणको प्रयास गरेकाले त्यहाँबाट फिर्ता भएको कार्यालयका सूचना अधिकारी मिथिलेस महतोले जानकारी दिए।
‘हाम्रो क्षेत्रभित्र परेको अबस्था थिएन तर, नियन्त्रणका लागि टोली गएपनि त्यहाँबाट सहयोग प्राप्त भएन। मान्छे होहल्ला गर्ने र टोलीमाथि नै आक्रमण गर्ने अबस्था आएपछि टोली फर्किएको छ,’ उनले भने।
नजिकै रहेको बन क्षेत्रबाट पसेको बाघले आक्रमण गर्दा तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय रिजन गोसाई, गणेश खत्री, कृष्ण विष्ट छन्।
घाइतेमध्ये कृष्ण विष्टलाई उपचारको लागि इटहरी लगिएको छ भने अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)