Kathmandu Press

स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन

आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलेसुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई उक्त निर्देशन दिएको हो। 
स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं, फागुन १९ : गृह मन्त्रालयले स्ववियु निर्वाचनको लागि सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयलेसुरक्षा प्रवन्ध गर्न माग गरेपछि गृहले सुरक्षा निकायलाई उक्त निर्देशन दिएको हो। 

Hardik ivf

गृह मन्त्रालयले नेपाल प्रहरीको प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई स्ववियु चुनाव हुने क्याम्पसमा मतगणनाको कार्य पुरा नहुन्जेलसम्म सम्पूर्ण क्याम्पसहरूमा शान्ति सुरक्षाको व्यवस्था गर्न निर्दैशन दिएको छ। 

गृहको निर्देनमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सञ्चालन व्यवस्थापनका क्रममा सम्बन्धित सबै क्याम्पस व्यवस्थापनसँग आवश्यक समन्वय गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन भनिएको छ। 

स्ववियु निर्वाचनका लागि सोमबारदेखि प्रक्रिया सुरु भएको छ। यतिबेला क्याम्पस क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता गर्ने कार्यक्रम चलिरहेको छ। 

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्