Kathmandu Press

पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिकमा भर्ना 

हृदयघात भएपछि आइतबार बेलुका शाहलाई नर्भिक अस्पताल लगिएको थियो। उनलाई अस्पतालमा भर्ना गरी आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ। 
पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिकमा भर्ना 

काठमाडौं, फागुन १९ : पूर्वयुवराज पारस शाहलाई चौथो पटक हृदयघात भएको छ। 

हृदयघात भएपछि आइतबार बेलुका शाहलाई नर्भिक अस्पताल लगिएको थियो। उनलाई अस्पतालमा भर्ना गरी आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ। 

अस्पतालले अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाएको छ। 

पारसलाई यसअघि तीनपकट हृदयघात भइसकेको छ। उनलाई केही दिन अस्पतालको निगरानीमा राखिने भएको छ।

प्रकाशित मिति: १६:०१ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्