Kathmandu Press

केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरिन्।
केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

काठमाडौं, फागुन १९ : पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण भएको छ।

काठमाडौंमा आयोजित एक विशेष समारोहबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक लोकार्पण गरिन्।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखेका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको छ। 

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश छन्। पुस्तक अल्केमी प्रकाशनले गरेको हो। 

कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी छन्। 

प्रकाशित मिति: १५:१८ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्