Kathmandu Press

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

‘खोलालाई गहिर्‍याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ,’ उनले भने। 
बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

काभ्रे, फागुन १९ : गत असोजमा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ। 

वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मत सुरु भएको हो। 

अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ। बाढीले क्षति पु¥याएको रोशीखोला क्षेत्रमा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । 

Hardik ivf

अहिले सडक डिभिजनका लोडर र डोजर प्रयोग गरी सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीले जानकारी दिए। 

रोशी खोलाको बहावलाई फर्काउने, खोलाको ढुङ्गा र बालुवा निकालेर सडक क्षेत्रलाई अग्लो बनाउने, खोलामा बाँध बाँध्ने, ग्याभिनवाल लगाउने तथा खोला किनारमा अस्थायी तटबन्धन गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए। 

‘खोलालाई गहिर्‍याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ,’ उनले भने। 

बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ। रोशी किनारको सडकको अधिकांश भाग बाढीले बगाएको छ। अहिले काठमाडौंबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने–आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निकै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन्। 

बिपी राजमार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्ड अस्थायी रूपमा मर्मतको लागि सरकारले २१ करोड २५ लाख विनियोजन गरेको छ।

सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टमेट निकालेर ठेक्का प्रक्रियामा जाने अधिकारीले जानकारी दिए। 

‘त्यो ठेक्का प्रक्रियामा जान्छ, अहिले भएको काम सडक विभागको आफ्नै आन्तरिक साधन र स्रोतबाट भइरहेको छ’, उनले भने।
 

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्