Kathmandu Press

‘सरकारले जनतामा विश्वास जगाउनु पर्छ, अनिमात्र पार्टीहरूप्रतिको विश्वास जनतामा बलियो हुन्छ’

अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउने अवस्था नभएपनि भविष्यमा पार्टीको राम्रो अवस्था हुने गरी काम गर्न क्षत्रीय सभापतिहरुलाई देउवाकाे निर्देशन
‘सरकारले जनतामा विश्वास जगाउनु पर्छ, अनिमात्र पार्टीहरूप्रतिको विश्वास जनतामा बलियो हुन्छ’

रूपन्देही, फागुन १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेद हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्। 

भैरहवामा आयोजित कांग्रेसका क्षेत्रीय सभापतिहरूका लागि प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्। 

पार्टीमा मेलमिलाप गरी नेताहरूका बीचको मतभेदलाई हटाएर मात्रै पार्टीलाई जीवन्त बनाउन सकिने देउवाको भनाई छ । 

Hardik ivf

‘हामीबीचमा कतिपय कुराहरू नमिलेका हुन सक्छन्। तर आपसमा छलफल गरेर, मेलमिलाप गरेर नै मतभेदहरूलाई हटाएर पार्टीलाई जीवन्त बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको छ,’ उनले भने।

कांग्रेस–एमालेको सरकारले नागरिकमाझ विश्वास पाउन सकेमात्रै भविष्यमा पार्टीहरूप्रतिको विश्वास बलियो भएर जाने बताए। वर्तमान संविधानमा आवश्यक संशोधनसहित पूर्ण कार्यान्वयन, गणतन्त्र र समावेशी व्यवस्थाको संस्थागत विकासका लागि कांग्रेसले योगदान गरेको भनाई उनको थियो। 

सभापति देउवाले संविधानले सबै वर्ग, जातजाति र धर्म सम्प्रदायको अधिकारको सुनिश्चिता हुने अवस्था बनाएको बताउँदै यसको कार्यान्वयनका लागि समेत पार्टीको जिम्मेवारी हुने पनि देउवाले बताए।

‘सबै पार्टीहरूको सहयोगमा हामीले देशलाई अहिलेको अवस्थाबाट माथि उठाउन काम गर्नुपर्नेछ,’ देउवाले भने, ‘हामीले संघर्ष गरेर ल्याएको गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था छ यसलाई संस्थागन गर्ने कुरामा समेत हाम्रो सक्रियता हुनुपर्दछ।’

सरकार र सत्ता साझेदार दलहरूप्रति इमान्दार रुपमा व्यवहार गर्नुपर्ने पनि देउवाले बताए।

अहिलेकै अवस्थामा पार्टीले बहुमत ल्याउने अवस्था नभएपनि भविष्यमा पार्टीको राम्रो अवस्था हुने गरी काम गर्न देउवाले क्षत्रीय सभापतिहरुलाई निर्देशन समेत दिए।


 

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, फागुन १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्