Kathmandu Press

पशुपतिको बालुवा खानी भ्रष्टाचारका तीन अभियुक्त पक्राउ

पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन्।
पशुपतिको बालुवा खानी भ्रष्टाचारका तीन अभियुक्त पक्राउ

काठमाडौं, फागुन १९ : पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका तीन जना अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन्।

जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी हुन् भने रेग्मी भने पशुपति विकास कोषका पूर्वनिर्देशक हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पशुपतिको बालुवाखानीमा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले गत साता दोषी ठहर गरेको थियो।

उनीहरुलाई जरिवानासहित जेल सजाय भएको छ।

 

प्रकाशित मिति: १३:११ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्