Kathmandu Press

गोरखामा मनकामना मन्दिर दर्शनार्थी सावर माइक्रो दुर्घटना, १ जनाको मृत्यु, १४ जना घाइते

गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रो सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
गोरखामा मनकामना मन्दिर दर्शनार्थी सावर माइक्रो दुर्घटना, १ जनाको मृत्यु, १४ जना घाइते

गोरखा, फागुन १९ : मनकामना मन्दिर जाने दर्शनार्थी बोकेको माइक्रो दुघर्टनामा परेको छ। 

गोरखाको शहीद लखन गाउँपालिका–३ मा माइक्रो सोमबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आँबुखैरेनी–गोरखा सडकखण्डमा भएको दुर्घटनामा १४ जना घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीका अनुसार मृत्यु हुने र घाइतेको पहिचान खुल्न सकेको छैन।

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्