Kathmandu Press

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ।
स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

काठमाडौं, फागुन १९ : आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ।

आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो। सोमबार दिउँसो तीन बजेसम्म संघसंगठन दर्ताको कार्यक्रम राखिएको छ।

फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने समय तालिका त्रिविले सार्वजनिक गरेको छ। फागुन २५ मै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ का लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ। 

सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ। दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। 

त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, फागुन १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्