युगान्डा भ्रमणका लागि महिला क्रिकेट टिमको घोषणा, को-को परे टिममा?
क्यानले २ नयाँ अनुहारलाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको हो। जसमा यू-१९ विश्वकप खेलेका ओपनर साना प्रविन र बलर रिया शर्माले छन् ।
काठमाडाैं, फागुन १८ : आसन्न युगान्डा भ्रमणका लागि नेपाली महिला क्रिकेट टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार अपरान्ह युगान्डा भ्रमणका लागि इन्दू बर्माको कप्तानीमा टिम घोषणा गरेको हो।
क्यानले २ नयाँ अनुहारलाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको हो। यू-१९ विश्वकप खेलेका २ खेलाडीले पहिलो पटक सिनियर टिममा स्थान बनएका छन्।
ओपनर साना प्रविन र बलर रिया शर्माले सिनियर टिममा पहिलो पटक स्थान बनाएका हुन्। यू-१९ टिमकै पुजा महतो, अलिशाकुमारी यादव र रचना चौधरी पनि टिममा छन्। उनीहरु यसअघि पनि सिनियर टिममा थिए।
नेपालले युगान्डामा चार देश सम्मिलित टि२० सिरिज खेल्ने छ। जसमा नेपाल र युगान्डासँगै हङकङ र नामिबिया छन्।
मार्च ८ देखि १६ सम्म आयोजना हुनेछ। सिरिजन डलब राउन्ड रोबिनका आधारमा हुनेछ। सिरिजको सेड्युल भने सार्वजनिक भइसकेको छैन।
नेपाललै एक महिनाभित्रै दोस्रो अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो। नेपालले अघिल्लो महिना मात्र घरमै नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो। तर, खेल सो सिरिजमा जितबिहीन बनेको थियो।
नेपाली टिम ः इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना छेत्री, अलिशा कुमारी यादव (विकेटकिपर), रोमा थापा, रचना चौधरी, साना प्रवीण, ईश्वरी बिष्ट।











![सुकुम्बासीमाथिको दमन र महँगीविरुद्ध माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1778667168.jpg)