Kathmandu Press

तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रीत : अध्यक्ष दाहाल

उनले भूमि सम्बन्धि अध्यादेश गरिव तथा विपन्न जनताको पक्षमा नभएको दावी गर्दै यो पूँजीपति तथा भूमाफियाका लागि आएकोले यो विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताए। 
तराई–मधेशका जनताको भावना बुझ्न अभियान केन्द्रीत : अध्यक्ष दाहाल

धनुषा, फागुन १८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दबाब दिन तथा मधेशको माग पुरा गराउन पार्टी दृढता पूर्वक अगाडि बढेको बताएका छन्। 

अध्यक्ष दाहालले पार्टीको पूर्व–पश्चिम हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई मधेश अभियान’ अन्तर्गत आज धनुषाको सोनगम्ममा आयोजना गरिएको सभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। 

Hardik ivf

उनले विगतमा मधेशी तथा उत्पीडितहरुको सहयोगमा नै माओवादी आन्दोलन सफल भएको भन््दै मधेशी जनताको पक्षमा माओवादीले काम गरेका कारणले नै हुलाकी राजमार्गको निर्माणमा गति आएको र नागरिकता सम्बन्धि अध्यादेश ल्याएको दावी समेत गरे।

उनले भूमि सम्बन्धि अध्यादेश गरिव तथा विपन्न जनताको पक्षमा नभएको दावी गर्दै यो पूँजीपति तथा भूमाफियाका लागि आएकोले यो विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताए। 

आफूहरुले सुशासन तथा भ्रष्टाचारको पक्षमा काम थालेका कारणले नै रातारात आफ्नो नेतृत्वको सरकार परिवर्तन गर्ने खेल भएको बताउँदै भ्रष्टाचारविरुद्धको अभियानलाई पार्टीले निरन्तर रुपमा अगाडि बढाउने उनले बताए। उनले नेकपा माओवादी अब कुनै गठबन्धनको पक्षमा नरही जनताको भावनाको सम्मानमा जनताको अभिमत बुझ्न घर–घरमा गइरहेको बताए। 

अध्यक्ष दाहालले हुलाकी राजमार्गमा पर्ने कमला पुलको शीघ्र निर्माण हुनु पर्ने यस क्षेत्रका जनताको मागको साथमा पार्टी भएको भन्दै मधेश प्रदेशका राजधानीलाई जोड्ने यो पुल छिटो भन्दा छिटो निर्माण हुनु पर्ने धारणा राखे। 
उनले यस पटकको अभियान जनता केन्द्रीत भएको र जनताको भावना बुझ्ने काम गरिरहेको भन्दै मधेशमा मधेशवादी दल समाप्त भएको पनि बताए। तराई मधेशका जनताको सच्चा पार्टी माओवादी रहने गरि काम गर्न चाहेको पनि उनले उल्लेख गरे। 
 

प्रकाशित मिति: २०:५१ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्