Kathmandu Press

लाल मोहम्मद हत्या प्रकरण: सुटरलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

उनलाई पक्राउ गर्न प्रहरीले तीन राउन्ड गोली चलाएको थियो।
लाल मोहम्मद हत्या प्रकरण: सुटरलाई पक्राउ गर्न प्रहरीले चलायो गोली

काठमाडौं, फागुन १८ : दुई वर्षअघि काठमाडौंको गोठाटारमा व्यापारी लाल मोहम्मदको हत्यामा संलग्न सुटरलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लाल मोहम्मद हत्यामा संलग्न सुटर भनिएका गुड्डु पटेललाई पक्राउ गरेको हो।

Hardik ivf

उनी टोखाबाट पक्राउ परेका हुन्। उनलाई पक्राउ गर्न प्रहरीले तीन राउन्ड गोली चलाएको थियो।

आइतबार पटेलको खोजीमा निस्किएको प्रहरीले उनलाई टोखामा भेटेपछि नियन्त्रणमा लिन खोजेको थियो । तर प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि प्रहरीले गुड्डुलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो।

प्रहरीले चलाएको गोली गुड्डुको घुँडामा लागेको छ। टोखामै सामान्य उपचार गरी थप उपचारका लागि गुड्डुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ।

सर्लाही घर भएका व्यापारी लाल मोहम्मदको २०७९ असोज ३ गते साँझ  गोली हानी हत्या भएको थियो।

मोहम्मदको हत्या लगत्तै प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो। गत वैशाखमा पर्सा प्रहरीले मोहम्मद हत्याका मुख्य योजनाकार बब्लु पासवानलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। बब्लुकै बयानपछि हत्याका मुख्य सुटर भारतीय नागरिक गुड्डु पटेल रहेको खुलेको थियो।

त्यसपछि पटेलको खोजी गरेको प्रहरीले पटेल नेपालमै लुकिछिपी रहेको पत्ता लगाएको थियो। भारतमा समेत अपराधका कैयन् घटनामा संलग्न रहेका पटेल भारतमा वान्टेड रहेका कारण नेपालमा बस्दै आएका थिए।

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्