Kathmandu Press

विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदीप परियार

 विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदिप परियार नियुक्त भएका छन्।
विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदीप परियार

काठमाडौं, फागुन १८ : विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा प्रदिप परियार नियुक्त भएका छन्।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्षसमेत रहेका परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्यमा नियुक्त भएका हुन्।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स अग्रपङ्क्तिको ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला र अन्तरविधागत विश्वव्यापी सञ्जाल हो।

Hardik ivf

नवीनतम विषयहरू र स्थापित प्रणालीबारे अन्तरदृष्टि तयार गर्दै तिनीहरूले विश्वव्यापी चुनौतीहरूलाई कसरी प्रभाव पार्छ सञ्जालले त्यसको अन्वेषण गर्दछ।

प्राज्ञिक क्षेत्र, व्यापार-व्यवसाय, सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाका विज्ञहरू संगठित गरेर सञ्जालले विश्वमा सकारात्मक प्रभावका लागि रूपान्तरणकारी अवधारणाको पहिचान र प्रसार गर्ने थिङ्क ट्याङ्कको रूपमा काम गर्छ ।

परियार सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि काउन्सिल सदस्यका रूपमा  नियुक्त भएका हुन्।

यसअघि उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट पनि सम्मानित भएका थिए।  

दलित लाइभ्स म्याटर्स ग्लोबल अलायन्सले काउन्सिलमा उनको सहभागिताले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणको संवाद अझ फराकिलो बन्ने र समाधानमुखी साझा सङ्कथन निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छ।

 हाल दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स संस्थापक तथा अध्यक्ष परियारले युवा¸ शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिनिर्माण गर्न २० वर्षभन्दा लामो समय काम गरेका छन् ।

विश्व आर्थिक मञ्चसँग यसता ३६ विभिन्न विषयगत काउन्सिल छन् । ती काउन्सिलमा प्राज्ञिक क्षेत्र, व्यापार(व्यवसाय, सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधित्व गर्ने सात सयभन्दा धेरै विज्ञहरू सहभागी हुन्छन् ।

विश्वमा सकारात्मक परिवर्तनका लागि सुहाउँदो अवधारणाको पहिचान र प्रसार गर्नु नै काउन्सिलको मुख्य उद्देश्य हो ।

दलित लाईभ्स म्याटर जातीय विभेदको अन्त्य गर्दै सामाजिक न्याय प्रवर्द्धन गर्ने सामाजिक अभियान हो । अभियानले विश्वभरि नै न्याय, समता, समावेशी र दिगो विकासका लागि सङ्घर्षरत विचार र प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने अठोट लिएको छ ।

यस क्रममा सामाजिक अभियन्ता श्री प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपमा नियुक्त हुनु यस अभियानका लागि एउटा कोशेढुङ्गा हो रहेको दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले जनाएको छ। 

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्