Kathmandu Press

एनआरएनको अधिवेशन गराउन परराष्ट्रले तोक्यो सहजकर्ता

मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकेको हो। 
एनआरएनको अधिवेशन गराउन परराष्ट्रले तोक्यो सहजकर्ता

काठमाडौं, फागुन १८ : परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघको अधिवेशन गराउनका लागि आइतबार सहजीकरणका लागि सरकारी सहजकर्ता तोकेको छ।

मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी तोकेको हो। 

सर्वोच्च अदालतले यसअघि एनआरएनका पूर्वअध्यक्ष घले नेतृत्वको उच्च स्तरीय समितिलाई निर्वाचन गराउन भन्दै आदेश दिएको थियो। मन्त्रालयले संघका पूर्व अध्यक्ष शेष घलेलाई पत्र लेखेर यसबारे जानकारी समेत गराएको छ। 

मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकिएको हो। घले नेतृत्वमा रहेको एनआरएनएले आगामी मे ३ देखि ५ सम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने मिति तय गरिसकेको छ। 
 
प्रकाशित मिति: १८:५२ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्