Kathmandu Press

हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।
हिमपातका कारण अवरुद्ध सडक सञ्चालनमा

मुगु, फागुन १८ : हिमपातले बन्द भएको नाग्म–गमगडी सडकखण्ड अन्ततः सञ्चालनमा आएको छ। यो सडकखण्ड भूलभुले र सात मोड क्षेत्रमा हिउँ जम्नुका साथै पहिरो खसेपछि पूर्ण रूपमा बन्द भएको थियो।

सडक अवरुद्ध हुँदा मुगु जोड्ने कर्णाली राजमार्ग र रारा घुम्न जाने पर्यटकीय मार्ग प्रभावित भएको थियो। तर, सडक डिभिजन जुम्ला, प्रहरी, र स्थानीयको सक्रियताले सडक खुला भएको छ।

Hardik ivf

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रको हिउँ र पहिरो हटाइएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए।

उनका अनुसार यो सडक खुलेसँगै मुगुका बासिन्दा र रारा जाने पर्यटकलाई आवतजावतमा ठूलो सहजता भएको छ।

प्रहरी चौकी गोठिज्युलाबाट खटिएको टोली र स्थानीयले जिअदेखि भूलभुलेसम्मको करिब ४ किलोमिटर क्षेत्रमा पहिरो पन्छाउन महत्त्वपूर्ण योगदान गरेका थिए।

सडक सञ्चालनमा आएपछि पर्यटक र स्थानीयलाई ठूलो राहत मिलेको प्रहरी नायव उपरिक्षक छेदिलाल कामतीले बताए। 

सडक अवरुद्ध हुँदा रारा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरू समस्यामा परेका थिए। सडक सञ्चालनमा आएसँगै पर्यटकीय गतिविधि र स्थानीयको दैनिकी सहज बनेको छ।
 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्