Kathmandu Press

भ्रष्टाचार आरोपमा बीमा प्राधिकरणका निवर्तमान अध्यक्षले पाए सफाइ

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि नहुने भन्दै सफाई दिएको हो। 
भ्रष्टाचार आरोपमा बीमा प्राधिकरणका निवर्तमान अध्यक्षले पाए सफाइ

काठमाडौं, फागुन १८ : भ्रष्टाचार आरोपमा निलम्बनमा परेका बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले सफाइ पाएका छन्। 

भ्रष्टचार मुद्दामा सिलवाललाई विशेष अदालतले सफाइ दिएको हो। 

Hardik ivf

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि नहुने भन्दै सफाई दिएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि नपाएको ओहोदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार भन्दै मंसिर २४ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । 

सफाई पाएपनि अब उनी बिमा प्राधिकरण भने फर्कन पाउने छैनन। उनको अध्यक्षको चार वर्षे कार्यकाल माघ २६ गते नै सकिएको छ। 

सरकारले अघिल्लो साता मात्र प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरिसकेका छ।

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्