Kathmandu Press

सोलुको लिखुपिके गाउँपालिकामा आगलागी   

गाउँपालिकाको कार्यालयसँगै रहेका प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयमा पनि क्षति पुगेको छ।
सोलुको लिखुपिके गाउँपालिकामा आगलागी   

सोलुखुम्बु, फागुन १८ : सोलुखुम्बुको  लिखुपिके गाउँपालिका कार्यालयको प्रधानमन्त्री रोजगार शाखा, पूर्वाधार शाखा रहेको घरमा आगलागी भएको छ। 

विद्युत सर्ट हुँदा कार्यालयको माथिल्लो तलामा आगलागी भएको थियो। आगलागी हुँदा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भई घरको माथिल्लो भाग ध्वस्त भएको छ। 

गाउँपालिकाको कार्यालयसँगै रहेका प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयमा पनि क्षति पुगेको छ। आइतबार दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो।

बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन्। नजिकै रहेको विद्यालयमा भने क्षति भएको छैन। क्षतिको एकीन विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्