Kathmandu Press

अस्ट्रेलियाका म्याट रोस बने फुटबल टिमको मुख्य प्रशिक्षक

रोसले सम्भवतः एएफसी एसियन कप छनोटको तेस्रो चरणअघिको सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपाली टिमको औपचारिक यात्रा थालनी गर्ने छन्। 
अस्ट्रेलियाका म्याट रोस बने फुटबल टिमको मुख्य प्रशिक्षक

काठमाडाैं, फागुन १८ : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले नयाँ मुख्य प्रशिक्षक पाएका छन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अस्ट्रेलिया नागरिक म्याट रोसलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ।

एन्फा र म्याट रोसबीच आजै सम्झौता पत्रमा हस्ताक्षर भएको छ। म्याटको सम्झौता अवधि १ वर्षको रहेको छ।

रोसले सम्भवतः एएफसी एसियन कप छनोटको तेस्रो चरणअघिको सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमार्फत नेपाली टिमको औपचारिक यात्रा थालनी गर्ने छन्। 

एन्फाले भिनसेन्जो अल्बर्टो एनेस सम्झौता नवीकरण गरेपछि  नेपाली टिम लामो समयदेखि मुख्य प्रशिक्षक बिहीन छ। 

४७ वर्षीय रोस ‘यूईएफए प्रो लाइसेन्स’ छ। पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए। उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए।

रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए। उनले चीनको यू १५ महिला टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।

उनी जर्मनीको फ्रान्कफर्ट महिला टिमको कार्यवाहक प्रशिक्षक बनेको अनुभव पनि छ। उनकै प्रशिक्षणमा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो। त्यसपछि उनले त्यहाँ २ वर्ष मुख्य प्रशिक्षकका रुपमा काम गरेका थिए।

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, फागुन १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्