Kathmandu Press

उपेन्द्र यादव भन्छन्– सरकार असफल भयो 

‘सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो।’ 
उपेन्द्र यादव भन्छन्– सरकार असफल भयो 

काठमाडौं, फागुन १८ : जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक प्रतिवेदनमा सरकार असफल भएको निष्कर्ष निकालेका छन्।

जसपाको आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै यादवले यस्तो निश्कर्ष निकालेका हुन्। 

Hardik ivf

उनले बैठकमा प्रश्तुत गरेको प्रतिवेदनमा सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा सीमित रहेको उल्लेख छ। 

प्रतिवेदनमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको जस्ता कारण दर्शाइएको छ।
 
अध्यक्ष यादवले सरकारले पूर्वाग्रही ढंगले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण काम गरिरहेको आरोप समेत लगाएका छन्। सरकारको आयु लम्ब्याउन अरू दललाई कमजोर बनाउने नीति लिएको पनि प्रतिवेदनमा  उल्लेख गरेका छन्।

प्रतिवदनमा उल्लेख छ, ‘सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो।’ 

यादव नेतृत्वको जसपा नेपालले वर्तमान सरकारलाई समर्थन दिएको थियो। 

प्रकाशित मिति: १५:५७ बजे, आइतबार, फागुन १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्